नियम ४२
महान्यायाधिवक्ताले निर्देशन दिन वा अधिकार प्रत्यायोजन गर्न सक्ने;
(१) नेपाल सरकार वादी हुने मुद्दाको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन महान्यायाधिवक्तालै आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित अधिकारी तथा सरकारी वकीलको कर्तव्य हुनेछ ।

(२) प्रचलित कानूनको अधीनमा रही महान्यायाधिवक्ताले नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा वा कानूनी विषयमा दिएको निर्देशनको पालना गर्नु वा गराउनु सम्बन्धित अधिकारीको कर्तव्य हुनेछ ।

(३) प्रचलित कानूनको अधीनमा रही महान्यायाधिवक्ता बा विभागीय प्रमुखले आफ्नो अधिकारमध्ये: आवश्यकता अनुसार केही अधिकार आफू मातहतको सरकारी वकीलले प्रयोग र पालना गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।